७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रत्येक वर्ष अन्तरप्रदेश खेलकुद हुने

प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक बर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन्।  

हेटौंडामा प्रदेश खेलकुद परिषद्का सदस्यसचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो। यस्तो प्रतियोगिता प्रदेशहरूले आलोपालो रूपमा आयोजना गर्ने भएका छन्। बाग्मती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बसेको बैठकले प्र्रत्येक वर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्नेे निर्णय गरेको सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन्। प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद बागमती प्रदेशले आगामी फागुनमा आयोजना गर्दै छ।  

उक्त प्रतियोगितामा सहभागी हुने प्रदेशहरूले टिम तयारी आफ्नै खर्चमा गर्ने निर्णय भएको छ। स्थानीय तहबाट नै खेलाडी छनोट गरी प्रदेश टिम बनाउने गरी छलफल भएको भण्डारीले जानकारी गराएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा प्रदेशसहित विभागीय र अन्य टिमको सहभागिता हुने गर्दछ भने अन्तरप्रदेश खेलकुदमा प्रदेश टिम मात्र सहभागी हुन पाउनेछन्। प्रथम प्रदेश खेलकुद आयोजनाका लागि बाग्मती प्रदेशले यसअघि नै निर्णय गरिसकेको छ भने आवश्यक बजेटसमेत विनियोजन भइसकेको भण्डारीले बताएका छन्।

 

प्रकाशित: २२ भाद्र २०८० ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App