९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

मेदभेदेभविरुद्ध कार्लोसले चुनौती दिने

स्पेनिस स्टार कार्लोस अल्कारेजले युएस ओपनको सेमिफाइनलमा आगामी शनिबार रसियन स्टार ड्यानिल मेदभेदेभविरुद्ध चुनौती प्रस्तुत गर्ने भएका छन्।  

कार्लोसले बिहीबार अर्थर एसे कोर्टमा जर्मनीका एलेक्सजान्डर जेरेभविरुद्ध जित निकाल्दै मेदभेदेभसँगको भेट पक्का गरेका हुन्। उनले एलेक्सजान्डर जेरेभविरुद्धको क्वार्टरफाइनलमा सुरुआती ३५ मिनेट निकै संघर्ष गर्नुप¥यो। पहिलो सेटमा ३–३ को अवस्थामा पुगेपछि डिफेन्डिङ च्याम्पियन कार्लोसले खेलमा फर्कन संघर्ष गर्नुपरेको थियो। तर, कार्लोसले पुनरागमन गर्दै खेल आफ्नो बनाए। शीर्ष वरीयताका कार्लोसले जेरेभलाई ६–३, ६–२ र ६–४ ले हराउँदै सन् २००८ पछि लगातार उपाधि जित्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा छन्। रोजर फेडेररले २००४ देखि २००८ सम्म लगातार पाँच पटक युएस ओपन उचालेका थिए।  

‘यदि मैले पहिलो सेट हारेँ भने निकै प्रतिस्पर्धात्मक खेल हुनेछ भन्ने लागेको थियो,’ कार्लोसले भने, ‘हामीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्दा खेल रोमाञ्चक पनि भयो।’ १२औं वरीयताका २६ वर्षे जेरेभले दोस्रो सेटको सुरुआतमा केही समस्या बताए। ‘मैले खेल त्याग्न चाहिनँ,’ तेस्रो सेटको खेलअगाडि मेडिकल टाइम आउट लिएका जेरेभले भने, ‘कार्लोसविरुद्ध अभैm केही गर्न सक्छु भन्ने लाग्यो। तर, सकिनँ।’ कार्लोस यस वर्ष अर्को ग्रान्ड स्लाम पनि जित्ने योजनामा छन्। १२ महिनाअगाडि उपाधि जितेपछि उनले चार मुख्य प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन्।

युएस ओपनमा कार्लोसले बिहीबार अर्थर एसे कोर्टमा जर्मनीका एलेक्सजान्डर जेरेभविरुद्ध जित निकाल्दै मेदभेदेभसँगको भेट पक्का गरेका हुन्।

घुँडामा चोटका कारण अस्ट्रेलियन ओपन गुमाएका कार्लोसले फ्रेन्च ओपनमा भने सेमिफाइनलमा स्थान बनाएका थिए। तर, उनी सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित हुन पुगे। यद्यपि, विम्बल्डनमा उनले जोकोभिचसँग बदला लिए। विम्बल्डनको फाइनलमा जोकोभिचलाई हराउँदै उनले उपाधि उचाले। यस पटक युएस ओपनमा पनि कार्लोस र जोकोभिचबीच आगामी आइतबार फाइनल हुन सक्छ। जोकोभिचले अमेरिकाका बेन सेल्टनविद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन्। कार्लोससँगै जोकोभिचले सेमिफाइनमा आफ्नो प्रतिद्वन्द्वीलाई हराए फ्रेन्च ओपनको फाइनल झल्को दिनेछन्।  

‘खेलको सुरुआतभन्दा अहिले उपाधिनजिक पुगेको पक्कै हो,’ कार्लोसले यस पटक फाइनल पुग्ने सम्भावना बारे भने, ‘नोभाकसँग न्युयोर्कमा फाइनल खेल्न पाउनु उत्कृष्ट क्षण हुनेछ। तर, हामी दुवैको सेमिफाइनलमा कडा प्रतिद्वन्द्वी छन्। त्यसैले अभैm केही प्रतीक्षा गर्नुपर्नेछ।’ कार्लोसले सन् २०२१ को युएस ओपन च्याम्पियन ड्यानिल मेदभेदेभविरुद्ध शुक्रबार अन्तिम चारको प्रतिस्पर्धा गर्नेछन्। जोकोभिचले भने २० वर्षे घरेलु टोलीका स्टारका चुनौती पन्छाउनुपर्नेछ। ‘मानिसहरूलाई टेनिसमा राम्रो मनोरञ्जन दिने प्रयास गर्नेछ,’ अल्कारेज कार्लोसले भने,‘खेलमा नयाँ सटहरू प्रहार गर्ने प्रयास पनि गरिरहनेछु।’  

प्रकाशित: २२ भाद्र २०८० ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App