१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

वैदेशिक प्रशिक्षणका लागि रग्बी टोली मलेसिया प्रस्थान

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष रग्बी टोली थप तयारीका लागि मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ।

१२ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरी १५ सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो। विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीका अन्य सदस्यमा श्रीराम श्रेष्ठ, विक्रम पुरी, निरोज कार्की, विवेश बासु, यदु अधिकारी, झुकेन्द्र राई, विशाल बडु, सविन महत, नवीन महर्जन, पुजन फेवाली र सुमन चौलागाईं रहेका छन्।

प्रशिक्षकमा श्रीलंकाका विजेलथ सिन र टंकराज गिरी तथा व्यवस्थापकमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे छन्। १६ दिनको प्रशिक्षणपछि नेपाली टोली स्वदेश फर्किएर चीन जानेछ। एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो।

प्रकाशित: २० भाद्र २०८० ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App