७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भलिबल खेलाडीलाई मासिक ५ हजार पारिश्रमिक दिइने

फाइल तस्बिर।

भलिबल खेलाडीहरुले अबबाट मासिक पारिश्रमिक पाउने भएका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो।

अमेरिकामा सहयोगी दाताहरु खोजी नेपाल भलिबल संघको खातामा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पारिश्रमिक पठाएको जानकारी गराएको हो। 

नेपाली भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन्। अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र बिजनेस इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमिकको व्यवस्था गरिएको हो।

अहिले नेपाली भलिबल टोली चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो। खेलाडीलाई मासिक तलब दिने भलिबल संघ चौथो हो। फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन्।

यसैगरी बुद्धिचालका पुरुष तथा महिलातर्फ शीर्ष वरियताका खेलाडीले पनि मासिक तलब पाउने गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले क्रिकेट खेलाडी, फुटबल खेलाडीले मासिक तलब पाउने भलिबल खेलाडीले अहिलेसम्म किन पाएनन् भन्ने सञ्चारकर्मीहरुको प्रश्नपछि आफूहरुले पहल गरेर आज पारिश्रमिक थोरै भएपनि दिन सफल भएको बताए। उनलै एसियन गेम्सको लागि केही पकेट खर्च दिने योजना रहेको बताए। 

प्रकाशित: १९ भाद्र २०८० १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App