५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो। एन्फाका अनुसार नेपाली टोली सोमबार नै म्यानमार प्रस्थान गर्नेछ।

यस खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपालको राष्ट्रिय टिममा पर्न सफल खेलाडीलाई बधाइ र बिदाई गर्दै आफ्नो कौसल पस्किँदै राम्रो खेल्न शुभकामना दिए।

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ।

प्रकाशित: १८ भाद्र २०८० १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App