४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ। तीजे गीतको रौनकसँगै पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धाको अवसर फेरी एकपटक दर्शकलाई हेर्न अवसर जुरेको छ।    

लामाचौरस्थित नवआर्दशले वर्षेनी तीजकै अवसरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता समेट्दै आएको नवआदर्शले गतवर्षदेखि विद्यालयस्तरीय प्रतिस्पर्धालाई हटाएको थियो। नवआर्दश सामुदायिक विकास समाजका पूर्व अध्यक्ष समेत रहेका टिम व्यवस्थापन समितिका संयोजक सुशीलकुमार श्रेष्ठले महिलाको नकआउट र पुरुषको लिगकम नकाउट हुने सम्भावना रहेको उल्लेख गरे। ‘महिलाको पाँच टिमको दर्ता भईसकेको छ’ उनले भने, ‘पुरुषको विभागीय टोलीको फाईनल नहुदाँ लिगमा खेलाउने कि नकाउटमा सञ्चालन गर्ने टुंगो भईसकेको छैन्।’  

महिला तर्फ तीन विभागीय क्लबले उपस्थिति जनाउने छन। नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल(एपीएफ क्लब) नेपाली सेना( त्रिभुवन आर्मी क्लब)सँगै बुटवलको न्यु एभरेष्ट र काठमाडौंको न्युडायमण्ड क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्। पुरुष तर्फ बुटवलको मणिमुकुन्द, गण्डकी प्रदेश, बाग्लुङको गल्कोट भलिबल क्लबको सहभागिता रहेको छ। विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी र शसस्त्र प्रहरीको सहभागिता बारे अझै टुंगो नभएको टिम व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए।

महिला तथा पुरुष विजेता दुवैले समान नगद पुरस्कार पुरस्कार १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन। उपविजेता टोलीले १ लाख रुपैयाँ पाउने छन्। त्यसैगरी सेमिफाईलिष्ट टोलीलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिने समाजका आर्थिक व्यवस्थापन समितिका संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ भने विधागत पुरस्कार सेटर, सर्भर, ब्लकरस डिफेण्डर र स्पाईकरलाई नगद पुरस्कार प्रदान गरिने छ।  

प्रकाशित: १८ भाद्र २०८० ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App