६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकपको पहिलो सेमिफाईनल आज

ताप्लेजुङ गोल्डकपमा आजबाट सेमिफाईनलका खेलहरू सुरु हुँदैछन्। फुङलिङस्थित भानुजन माविमा हुने पहिलो सेमिफाईनल खेलमा जुट विकास फुटबल एकेडेमी र पथरी–११ मोरङबीच प्रतिस्पर्धा हुनेछ।  

जुट विकास गृह टिमले मानाभरा स्पोर्टिङ क्लबलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो भने पथरी–११ को टिमले पाँचथरस्थित फिदिम स्पोर्टिङ क्लबलाई क्वाटर फाईनलमा हराएर सेमिफाईनलको यात्रा गरेको हो।  

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ। रेहडर्षले डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोटिङ क्लबलाई हराउँदै सेमिफाईनलको यात्रा गरेको हो भने अर्का डिफेण्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लबले भारत दार्जिलिङको युनाईटेड खर्साङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।  

सेमिफाईनलका खेल सकिएपछि बुधवार उपाधिका लागि अन्तिम खेल हुनेछ।  

क्वाटरफाईनल खेलमा टिकटबाट साढे ६ लाख बढी रकम सङ्कलन

ताप्लेजुङ गोल्डकपको क्वाटरफाईनलमा टिकट बिक्रीबाट लाखेजात्रा सञ्चालक समितिले साढे ६ लाखभन्दा बढी रकम सङ्कलन गरेको छ। लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार क्वाटरफाईनलको ४ ओटा खेलबाट ६ लाख ५५ हजार ८ सय रुपैयाँ सङ्कलन भएको छ। क्वाटर फाईनलका ४ खेलका लागि प्रतिखेल जनही १ सय रुपैयाँ निर्धारण गरिएको थियो।  

सेमिफाईनलका दुई खेलमा प्रतिखेल जनही २ सय रुपैयाँ र फाईनल खेलका लागि जनही २ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ। टिकट बिक्रीबाट खेलको पहिलो दिन भदौ १४ गते १ लाख ७० हजार ८ सय, १५ गते १ लाख ३१ हजार ७ सय, १६ गते १ लाख ७५ हजार ७ सय र १७ गते १ लाख ७७ हजार ७ सय रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ।  

प्रकाशित: १८ भाद्र २०८० ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App