२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

इनोभेटिभ र केएमसी विजयी

आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ले रिलायन्सलाई २८–२० ले हराएको हो। केएमसी ‘ए’ का रियम राईले १७ अंक जोडे। इनोभेटिभले सनसाइनलाई २८–१९ ले हरायो। इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गरे। सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दिक्षालाई २९–२०, काठमाडौं जेभियरले केएमसी ‘बी’ लाई २२–१५, नेरिक एकेडेमीले सैनिकलाई ३७–१८, एआइएले एनसिसिएसलाई ३७–१६, भद्रघलेले एलिट ग्रान्डलाई १९–१५ र जेनिथले सेन्ट पाउललाई ४४–१७ ले पाखा लगाए। ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बाँस्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआईएका पर्वत पाण्डेले १६, भद्रघलेका विवश मगरले १२ र जेनिथका सुशील शाहीले १८ अंक बटुले।

प्रकाशित: १७ भाद्र २०८० ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App