५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप : पाकिस्तान विरुद्ध भारतले २६६ रन बनायो

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो। 

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले उत्कृष्ट पाली खेले।एक समय १४ दशमलब १ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि  शतकीय साझेदारीका साथ खेलमा फर्काएका हुन।पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए।किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए।जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रनको  योगदान दिए । भारतका कप्तान रोहित शर्मा ११ , विराट कोहली ४ र शुभमन गिल १० रन बनाएर आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३  यादव ४ रनमा आउट भए।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नसिम शाहले ८दशमलब ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ।नेपालले आफ्नो दोस्रो खेलमा आउने सोमबार भारतसँग खेल्दैछ ।

प्रकाशित: १६ भाद्र २०८० १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App