२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

ज्ञान निकेतनको सुखद सुरुआत

ज्ञान निकेतनले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।  

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता पाएको हो। सिनियर ब्वाइजमा ज्ञान निकेतनले न्यु जेनिथलाई २७–१८ ले पराजित ग¥यो।  

जुनियर ब्वाइजमा दिप्सन अधिकारीको सात अंक सहयोगमा ज्ञान निकेतनले आयोजक केएमसीलाई १६–११ ले हरायो। सिनियर ब्वाइजको अन्य खेलमा एआईएले इनोभेटिभलाई २३–१९, नेरिक एकेडेमीले रिलायन्सलाई २७–२४, इलाइट ग्रान्डले केएमसी ‘बी’ लाई २१–११, काठमाडौं जेभियरले भद्रघलेलाई २२–१६, सैनिकले केएमसी ‘ए’ लाई २०–१६ र सनसाइनले एनसिसिएसलाई १९–१० ले पाखा लगाए। केएमसीका निर्देशक डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रकाशित: १६ भाद्र २०८० ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App