१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल मिक्स टिम विधाको फाइनलमा

नेपालले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) रिजनल जुनियर च्याम्पियनसिपमा मिक्स टिम विधाको फाइनलमा स्थान बनाएको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा नेपालसँगै श्रीलङ्काले जारी च्याम्पियनसिपको शनिबार मिक्स टिम विधातर्फ फाइनलमा स्थान बनाएका हुन्। एपिएफको कभर्डहलमा भएको खेलमा यु–१५ तर्फ बंगलादेश र नेपालबीच भएको खेलमा नेपालले ३–२ को जित हात पार्दै फाइनलमा स्थान पक्का गर्यो।  

पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे। दोस्रो सेटमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।  

यस्तै तेस्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै बंगलादेशले खेल २–१ को अवस्थामा पुर्यायो।  

पुनः नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा पु¥यायो। अन्तिम तथा निर्णायक खेलमा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनायो। 

अब नेपालले उपाधिका लागि श्रीलंकाको सामना गर्ने भएको छ। प्रतियोगिताको फाइनल आइतबार ९ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ भाद्र २०८० ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App