२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मच्छिन्द्र दोस्रो चरण पार गर्न असफल

चार स्ट्राइकरसहित मैदान उत्रिएको मच्छिन्द्र फुटबल क्लब बुधबार एएफसी कपको छनोटअन्तर्गत दोस्रो चरणमा पार गर्न असफल भएको छ।

भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा भएको खेलमा मच्छिन्द्र भारतको मोहन बगान जायन्टसँग ३–१ ले पराजित भएपछि नेपालको शीर्ष डिभिजन क्लबको यात्रा एएफसी कप छनोटअन्तर्गत दोस्रो चरणमा नै सीमित भएको हो। मच्छिन्द्रले प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीलाई ३–२ ले हराउँदै मोहन बगानसँग भेट पक्का गरेको हो। अघिल्लो सिजन लिग च्याम्पियनका रूपमा एएफसी कपको छनोट खेलेको मच्छिन्द्रको यात्रा प्रारम्भिक चरणमा नै सीमित बन्न पुगेको थियो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको एएफसी क्लब लाइसेन्स नभएपछि दोस्रो स्थानको मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप छनोट खेल्न पाएको हो। यस पटक अधिकांश राष्ट्रिय टोलीका सदस्य र घरेलु लिगका चर्चित खेलाडीलाई अनुबन्धित गर्दै छनोट यात्रा थालेको मच्छिन्द्रले मोहन बगानको चुनौती भने पार गर्न सकेन। मच्छिन्द्रले मोहन बगानविरुद्ध आक्रामक रणनीतिसहित चार स्ट्राइकर सुरुआती ११ मा उतारेको थियो। तर, नेपाली क्लबको त्यो रणनीति सफल हुन सकेन।  

यस पटक अधिकांश राष्ट्रिय टोलीका सदस्य र घरेलु लिगका चर्चित खेलाडीलाई अनुबन्धित गर्दै छनोट यात्रा थालेको मच्छिन्द्रले मोहन बगानको चुनौती भने पार गर्न सकेन।

मोहन बगानका लागि अनवर अलीले दुई र अस्ट्रेलियन स्ट्राइकर जेसन कमिङ्सले एक गोल गरे। मच्छिन्द्रका मेसुके ओलोमोउले गोल गर्दै टोलीलाई खेलमा फर्काउने आशा जगाए पनि सफल हुन सकेनन्। मोहन बगानले खेलको ३९औं मिनेटमा अलीको गोलबाट अग्रता लियो। ह्युगो बोउमसको कर्नर बललाई उनले हेडरमार्पmत जाली चुमाए। ५९औं मिनेटमा मोहन बगानले दोस्रो गोल थप्यो। अस्ट्रेलियन स्ट्राइकर कमिङ्सले अफसाइड ट्य्राप बिट गर्दै मच्छिन्द्रका गोलकिपर विशाललाई छक्याएर खाली पोस्टमा गोल गरेका थिए।  

तर, ८०औं मिनेटमा मेसुकेले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अवस्थामा ल्याए। उनको फ्रिकिक प्रहारले सीधै जाली चुमेपछि मच्छिन्द्रको खेलमा फर्कने आशा जीवतै भएको थियो। यद्यपि, ८४औं मिनेटमा अनवर अलीले व्यक्तिगत दोस्रो गोल गर्दै मोहन बगानलाई ३–१ को जित दिलाए। दिमित्रीको फ्रिकिकमा अलीले हेडरमार्फत गोल गरेका थिए। मोहन बगानले अब प्लेअफ राउन्डको साउथ जोनमा बंगलादेशको ढाका अबहानीसँग खेल्नेछ। उक्त खेलको विजेताले सीधै एएफसी कपको समूहचरणमा स्थान बनाउनेछ। यता, ढाका अबहानीले भने माल्दिभ्सको क्लब इगल्सलाई २–१ ले हराउँदै साउथ जोनको अन्तिम चरणमा स्थान बनाएको हो।  

प्रकाशित: ३२ श्रावण २०८० ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App