७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

इङ्ल्यान्डको दाबेदारी कायमै

युरोपियन च्याम्पियन इङ्ल्यान्डले पनि दक्षिण अमेरिकी टोली कोलम्बियामाथि २–१ को जित निकाल्दै विश्वकप जित्ने आशा जीवन्त राखेको छ। ७५ हजार दर्शकको साथ पाएको सिड्नीमा कोलम्बियन दर्शकको बाक्लो उपस्थिति थियो। यद्यपि, इङ्ल्यान्डले निर्धारित समयमा नै जित निकाल्दै पेनाल्टी सुटआउटमा स्तब्ध बन्ने अर्को दाबेदार टोली हुनबाट आफूलाई जोगायो।

लेसी सान्तोसको गोलबाट कोलम्बियाले खेलको ४४औं मिनेटमा नै अग्रता लिएको थियो। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा दक्षिण अमेरिकी टोली स्तब्ध बन्यो। तर, पहिलो हाफको अतिरिक्त समयमा लाउरेन हेम्प र एलेसिया रुसोको गोलबाट इङ्ल्यान्डले जित निकाल्दै विश्वकप जित्ने दाबेदार टोलीमा आफूलाई जीवन्त राख्यो। 

प्रकाशित: २८ श्रावण २०८० ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App