२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एसिया रग्बी नेपालमा हुने

फाइल तस्बिर।

‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।

नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ।

त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन्। उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ। 

उक्त प्रतियोगिताको लागि करिब ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

प्रकाशित: १७ श्रावण २०८० १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App