१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नासिरको अर्काे राष्ट्रिय कीर्तिमान

नेपालका नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन्।  

नासिरले च्याम्पियनसिपको दुई सय मिटर फ्रिस्ट्यालमा एक मिनेट ५७.२६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाली टोलीसँगै जापानमा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिएका हुन्। यस विधामा नासिरकै नाममा एक मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। नासिरले ११औं एनएसए कप च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए। फुकुओकामा नासिरको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो। नासिरले सोमबार पनि चार सय मिटर फ्रिस्टायलमा चार मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

मंगलबार उनले राष्ट्रिय कीर्तिमानमा सुधार गरे तापनि हिट चरण पार गर्न सकेनन्। ७४ जना खेलाडीले प्रतिस्पर्धा गरेको उक्त विधामा उनी ५९औं स्थानमा खुम्चिए। यस च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। ओलम्पिक छनोटसमेत रहेको च्याम्पियनसिपमा नासिरसँगै ओलम्पियन गौरिका सिंह, एलेक्जेन्डर शाह र डुवाना लामाले चुनौती प्रस्तुत गरिरहेका छन्। मंगलबार नै भएको महिलातर्पm दक्षिण एसियाली खेलकुदकी चार स्वर्ण पदकधारी गौरिकाले पनि उपलब्धि हासिल गर्न सकिनन्।

उनले एक सय मिटर ब्याक स्ट्रोकमा एक मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गरिन्। संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार यसअघि भारतको गोहाटीमा सम्पन्न १२औं सागमा गौरिकाको एक मिनेट ७.३१ सेकेन्ड समय राष्ट्रिय कीर्तिमान रहेको उल्लेख गरे। त्यसका कारण सोमबार च्याम्पियनसिपको प्राप्त समय गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमानी रहेको अध्यक्ष बज्राचार्यले जानकारी दिए। यद्यपि, गौरिकाले आफ्नो एक मिनेट ३.८३ को व्यक्तिगत समय भने पसुधार गर्न सकिनन्। यो समय गौरिकाले इङ्ल्यान्डमा भएको एक च्याम्पियनसिपमा इङ्लिस टोलीबाट प्रतिस्पर्धा गर्दा निकालेकी थिइन्।  

सोमबार भएको च्याम्पियनसिपमा भने उनले सो समय पार गर्न सकिनन्। हिटमा दोस्रो स्थानमा रहेकी गौरिका समग्रमा भने ५१औं स्थानमा रहिन्। बुधबार डुवाना लामाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली व्यवस्थापक नरेश वैद्यले जानकारी गराएका छन्। गत १४ जुलाई देखि सुरु भएको च्याम्पियनसिप आगामी जुलाई ३० सम्म सञ्चालन हुनेछ। नेपाली टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह छन्।

गौरिकाले अर्को विधा ५० मिटर ब्याक स्ट्रोक जुलाई २६ मा खेल्नेछिन्। सोही दिन एलेक्जेन्डरले एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ९ श्रावण २०८० ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App