१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भारतलाई हराउँदै पाकिस्तानले जित्याे एसीसी इमर्जिङ टिम्स एसिया कप

पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। भारत ए सँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले १२८ रनले पारजित गरी  उपाधि हात पारेको हो।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा  ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४०औ ओभरमा अलाउट हुँदै २२४ रनमात्र बनायो।  

भारतका लागि अविशेक शर्माले सर्वाधिक ६१ रनको योगदान गरे। यस्तै कप्तान एस धुलले ३९ रन बनाउँदा ओपनर साइ सुदर्शन २९ रनमा आउट भए। त्यस्तै रियान प्रयागले १४, हर्षित रानाले १२ तथा निशान्त सन्धुले १० रन बनाए।  

भारतलाई सस्तैमा समेटन् पाकिस्तानका सफियान मुकिमले ३ तथा अर्सद इबाल, मेहरान मुताज र मोहम्द वासिमले समान २र२  विकेट लिए। यस्तै मुस्बिर खान तथा मोहम्मद वासिमले समान एक एक विकेट लिए।  

त्यसअघि टस हारेर पास्किताले पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै पाकिस्ताले ३५२ रनको योगफल बनाएको थियो।  

पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो। सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो।

प्रकाशित: ८ श्रावण २०८० ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App