३ असार २०८१ सोमबार
image/svg+xml
खेल

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ। शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो।  

दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन्। क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ। क्यानडा, जर्मन, बेलायत, भारत, चीन, स्पेन लगायतका देशबाट १४ विदेशी धावकले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । २५ किलोमिटर दौडमा स्वदेशी तथा विदेशी गरी ९३ जना धावक दौडिने छन्।  

क्लबले पहिलो पटक १२ वर्षमुनिका धावकलाई समेत प्रतिस्पर्धामा समावेश गर्ने उल्लेख गरेको छ। एक किलोमिटर दौडमा १२ वर्षमुनिका बालाबालिकाहरु दौडिने छन्। त्यसैगरी ५ किलोमिटरमा समेत धावकहरुले सहभागिता जनाउन सक्ने छन। १ किलोमिटरको प्रतिस्पर्धामा २८ जना, ५ किलोमिटर प्रतिस्पर्धामा ८२ जना धावकहरुको सहभागिता रहेको संस्थापक अध्यक्ष गुरुङले बताए।  

हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा ट्रेलरेस सिरिज’ ले गर्दै आएको छ। पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन्।  प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ। प्रवद्र्धन गर्नु नै संस्थाको मुल उद्देश्य हो। उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ। ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो(टे«ल)लाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत ट्रेल रेस गर्दै आएका हौं।’ संस्थापक अध्यक्ष गुरुङको भनाई थियो। दौडलाई पोखरा महानगरपालिका र गोल्ड जिमले सहयोगी भूमिका खेलेका छन्।  

प्रकाशित: ५ श्रावण २०८० ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App