एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईको ‘ए’ विरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अर्धशतक प्रहार गरेका छन्।
कुशलले ३३ बलमा ४ चौका र २ छक्का सहित अर्धशतक पूरा गरेका हुन्। अहिले नेपालका लागि कुशलसँगै देव खनालले ब्याटिङ गरिरहेका छन्।
१५८ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन साउद भने शून्यमा आउट भए। युएई 'ए' का बलर मुहम्मद जावदुल्लाहले पहिलो बलमा नेपालका ब्याट्स म्यान अर्जुन साउदलाई एलबीडब्लु गरेका हुन।
नेपालले ११ ओभरमा ७६ रन जोड्दा १ विकेट गुमाएको छ।
प्रकाशित: ३ श्रावण २०८० ०९:१० बुधबार





