१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी इमर्जिङ टिम्स एसिया कप :आज नेपाल र युएई ए बीच खेल हुने

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।

यस प्रतियोगितामा नेपाल अहिले सम्म खेलेका दुवै खेलमा पराजय भोगेर पहिलो चरणबाटै बाहिरी सकेको छ । नेपालले पहिलो खेलमा पाकिस्तान ए संग तथा दोश्रो खेलमा भारत ए संग पराजय भोगेको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १ सय ७९ र दोश्रो खेलमा भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।

आजै भारत ए र पाकिस्तान ए बीच पनि खेल हुँदैछ । यी दुई बीचको खेल नेपाली समय अनुसार दिउसो २: १५ मा शुरु हुनेछ । बिजेता टोली समूहमा पहिलो हुनेछ । दुबै टोलीले यस अघि खेलेका दुवै खेल जितेका छन । उता समूह ए मा आयोजक श्रीलंका , बंगलादेश र अफगानिस्तान तीनै टोलीले समान ४ अंक पाए पनि  रन रेटका आधारमा  श्रीलंका र  बंगलादेश सेमीफाईनलमा पुगेका छन । ओमान भने खेलेका ३ वटै खेल हारेर अंक विहिन बन्न पुगेको छ । 

प्रकाशित: ३ श्रावण २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App