७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सरस्वती, क्रिस्टल र युनिक विजयी

दोस्रो एसइई कप अन्तरविद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सरस्वती, क्रिस्टल र युनिक स्कुलले विजयी सुरुआत गरेका छन्। सोमबार विराटनगरमा भएको उद्घाटन खेलमा सुनसरी, दुहबीको सरस्वती मावि, इटहरीको क्रिस्टल स्कुल र मोरङ बुढीगंगा गाउँपालिकाको युनिक एकेडेमी स्कुल विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।  

प्रतियोगिताको पहिलो खेलमा बुढीगंगा गाउँपालिकाको स्मृति स्कुललाई ४–१ ले हराउँदै सरस्वती स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ। म्यान अफ दी म्याच सरस्वतीका रञ्जित खत्रीले २, मोहमम्द हुसेन मिया र भक्तराज राईले समान १-१ गोल गरे। स्मृतिका लागि हेमन्त माझीले गोल गरे। दोस्रो खेलमा क्रिस्टल स्कुलले मोरङको शारदा माविलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै दोस्रो चरणमा पुगेको छ। निर्धारित समयसम्म दुवै टोलीले १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो।  

त्यस्तै, तेस्रो खेलमा युनिक एकेडेमीले विराटनगरको वाल्मीकि स्कुललाई ५–२ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गर्यो। युनिकका धीरज उरावले ४ र अंकित खत्रीले १ गोल गरे। वाल्मीकिका तर्फबाट नीरज मुर्मुले २ गोल गरे। म्यान अफ दी म्याच वाल्मीकिका सरोज साह भए। सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिता साउन १३ गतेसम्म सञ्चालन हुनेछ।  

प्रकाशित: २ श्रावण २०८० ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App