२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

शिअ टिम च्याम्पियन

शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो।

दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो। तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण÷रजत हात पार्‍यो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का तथा महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। सान्सौंको पुरुषमा काठमाडौंका निश्चल तामाङ तथा महिलामा शिअकी अस्मिता गाहा मगर उत्कृष्ट खेलाडी चुनिए। थालोमा शिअका ओमप्रकाश ओली तथा सान्सौंमा काठमाडौंका मिलन राई उदीयमान खेलाडी ठहरिए।

प्रकाशित: २२ असार २०८० १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App