१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नाम परिवर्तनको निर्णयबाट पछि हट्यो क्यान

फाइल तस्वीर

स्थानीयवासीको चर्को विरोधसँगै नेपाल क्रिकेट संघ (क्यान) मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ।

शुक्रबार कीर्तिपुरमा बसेको क्यानको बोर्ड बैठकले पूर्वअध्यक्ष स्व. जयकुमार शाहको सम्मानमा माथिल्लो मूलपानी क्रिकेट मैदानको नाम जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राख्ने निर्णय गरेको थियो।क्यानको सो निर्णयपछि नै स्थानीयहरूले सामाजिक सन्जालमार्फत विरोध जनाएका थिए।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले समेत विज्ञप्ति जारी गर्दै मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्दा आफूहरूको पहिचान मेटाउने प्रयास भएकाले यथाशीघ्र नाम परिवर्तनको निर्णय फिर्ता लिन क्यान नेतृत्वलाई आग्रह गरेका थिए।

स्थानीयवासीको चर्को विरोधसँगै नेपाल क्रिकेट संघ (क्यान) मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ।

आइतबार बिहान स्थानीयवासीले मूलपानीमा रहेको क्यानको केन्द्रीय कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै क्यान आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो। क्यानले आइतबार बिहानै विज्ञप्ति जारी गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा स्थानीयवासीसँगको छलफलमा माथिल्लो मूलपानी क्रिकेट मैदानको नाम जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राख्ने निर्णयबाट पछि हट्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

‘यस कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत वडा नम्बर ६ मा रहेको माथिल्लो मूलपानी क्रिकेट रंगशालाको नेपाल क्रिकेट संघको मिति २०८०–३–१५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले नामकरण गरी जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएको निर्णयको सम्बन्धमा यस नगरपालिकाका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सम्पूर्ण सरोकारवालाहरूको गम्भीर ध्यानकर्षणलाई सम्बोधन गर्दै क्यानले आइतबार मैदानको नामकरण सम्बन्धमा सहमतिमै मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामकरण गरिने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा जनकारीको लागि अनुरोध गर्छु,’ कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइतबार बिहान स्थानीयवासीले मूलपानीमा रहेको क्यानको केन्द्रीय कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेसँगै क्यान आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो।

यसै वर्षको वैशाखमा एसिसी प्रिमियर कप २०२३ अन्तर्गत ओमान र युएईबीचको खेलसँगै मूलपानी क्रिकेट मैदानले आइसिसीबाट एकदिवसीय मान्यता पाएको थियो।

नेपालमा एकदिवसीय मान्यता प्राप्त मूलपानी दोस्रो क्रिकेट मैदान हो। सन् २०२० मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानले एकदिवसीय मान्यता प्राप्त गरेको थियो। 

प्रकाशित: १८ असार २०८० ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App