२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

युएईविरुद्ध नेपाललाई दोश्रो सफलता

आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपाललाई दोश्रो सफलता प्राप्त भएको छ।  

जिम्बाबेको हरारेमा जारी यो खेलमा नेपालका सन्दीप लामिछानेले  युएईविरुद्ध  १५ औभरमा युएईका आन्यास शर्मालाई आउट गरेपछि नेपाललाई दोश्रो सफलता प्राप्त भएको हो। युएईको दोश्रो विकेट पतन हुँदा  ६४ रन रहेको थियो।  

टस जितेर पहिला बलिङ रोजेको नेपालले पहिलो ओभरको दोश्रो बलमै पहिलो विकेट हात परेको हो। पहिलो ओभरको दोश्रो बलमा करण केसीले युएईका आसिक खानलाई आउट गरेका हुन । ताजास्थीतीमा युएईले १७ ओभरमा २  विकेट गुमाएर जम्मा ६८  रन बनाएको छ ।  

गत साता वेस्ट इन्डिजसँग भएको खेलमा रहेका ३ खेलाडी आजको खेलमा परिवर्तन भएका छन् । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद टिममा परेका छन्।  

कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थान तीव्र गतिका बलर प्रतिश जि।शीले लिएका छन् ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपालको प्लेईङ ११

अर्जुन साउद (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जि.सी.

प्रकाशित: १७ असार २०८० ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App