२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो।

दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औँ स्थानमा छ। यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ। यसैगरी बङ्गलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ। श्रीलङ्का २०७औँ स्थानमा छ।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। 

प्रकाशित: १४ असार २०८० १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App