५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

सर्लाहीको बलरा नगरपालिका– ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको भवन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आरोप पगाएका हुन्।

प्रधानमन्त्री दाहालले तत्कालीन जनयुद्धको समयमा आफ्नै कमान्डमा मधेस समुदायको सम्बोधनका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा नै गठन गरेर मधेसमा माओवादी लोकप्रिय बनेको थियो।

मधेसमा माओवादीको लोकप्रियता बढेको देखेर प्रतिक्रियावादी शक्तिहरूले आफ्ना नेता कार्यकर्ताको हत्या गर्नुका साथै षड्यन्त्रपूर्वक माओवादीलाई कमजोर पार्न गौर नरसंहार घटना घटाएको आरोप लगाए।

प्रधानमन्त्रीले आगामी निर्वाचनमा माओवादीको एकल नेतृत्वमा सरकार नबने मधेससहित देशको समस्या सामाधान नहुने प्रधानमन्त्री दाहालले बताए। अहिले वर्तमान सरकारको नेतृत्व आफ्नो पार्टीले गरिरहे पनि सरकारबाट हटाउनका लागि विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताए।

‘माओवादीलाई सरकारबाट हटाउन केही शक्ति लागि परेका छन्,’ दाहालले भने ती प्रक्रियावादी शक्तिलाई निस्तेज पार्दै माओवादी पार्टी विचलित नभएको बताए।

मधेस प्रदेशलगायत देशभरि भएको आगलागी घटनाको विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री दाहालले गृह मन्त्रालयअन्तर्गतको विपद् व्यस्थापन कोषबाट पीडित परिवारलाई तत्काल जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउँदै आगलागीबाट घरबारविहीन भएका परिवारको पुनस्र्थापनाका लागि सरकारले जनही तीन लाख रूपैयाँसमेत उपलब्ध गराउने प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्री दाहालले वर्षौंदेखि मधेस र मधेसीको मुख्य समस्याका रूपमा रहेको नागरिकताबाट वञ्चित भएका करिब ६ लाखभन्दा बढी युवाहरूलाई आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि नागरिकताको समास्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरेको दाबी गरे।

दाहालले मधेसको अर्को समस्या मिटरब्याजीको सम्स्यालाई समेत समाधानका निमित्त अध्यादेशमार्फत कानुन निर्माण गरेको बताए।

प्रकाशित: २३ वैशाख २०८१ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App