राजस्व अनुसन्धान कार्यालय पथलैयाले राजश्व छलीको आशंकामा नियन्त्रणमा लिएको ट्रकबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको घटना सार्वजनिक भएको छ।
पर्सा प्रहरीले तस्करीको सामान लोड रहेको आशंकामा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।
राजश्व छलीको आशंकामा पर्सा प्रहरीले बुझाएको ट्रकको जाँचका क्रममा लागुऔषध ट्रामाडोलको १२ हजार पत्ता फेला परेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी प्रमोद प्रसादले बताएका छन्।
वीरगन्जको पिआरपी ढुवानी सेवाबाट काठमाडौं पठाउन लागेको ट्रक भित्र विभिन्न माल समानको साथ साथै औषधीहरू पनि फेला परेको उनले बताए।
फेला परको लागुऔषध सहितको मानिस र ट्रकलाई कारबाहीको लागि पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उनले बताए।
प्रकाशित: ९ असार २०८३ १४:३२ मंगलबार


![पोस्टर र पम्प्लेट महाधिवेशनस्थलमा छरपस्ट [फोटोफिचर]](https://images.nagariknewscdn.com/thumbs/2026/third-party/1782292677_Chitawan-600x400.jpg)


