५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र पाकिस्तानबीचको खेल जारी,नेपाल १ -० ले अगाडि

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भईरहेको यी दुई विचको खेलमा नेपालले १ -० को अग्रता लिएको छ ।

खेलको ७९ औ मिनेटमा नेपालका आशिस चौधरीले गोल गरेका हुन।  

उनी पहिलो पटक राष्ट्रिय टोलीमा रहँदै डेवु गोल गर्न सफल भएका छन।  

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन।त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।

समूह ए मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ।  

प्रकाशित: १२ असार २०८० ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App