१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

रग्बीको टोली छनोट

पहिलो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको नेपाली रग्बी पुरुष टोलीको छनोट भएको छ।

आगामी असोज ६ गतेदेखि चीनको हाङझाउ सहरमा १९औं एसियाली खेलकुद हुँदै छ। जहाँ नेपालबाट २९ खेलमा प्रतिस्पर्धा हुँदा पुरुष रग्बी टोलीले पनि चुनौती प्रस्तुत गर्नेछ। एसियाडमा सन् १९९८ देखि रग्बी खेल समावेश गरिए पनि नेपाल भने पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेको हो। पछिल्लो समय आफ्नो गतिविधि बढाउँदै आएको नेपाली रग्बी टोलीका लागि यो नै सबैभन्दा ठूलो प्रतिस्पर्धा हो। एसियाडमा सेभेन्स रग्बीको प्रतिस्पर्धा हुनेछ। नेपालले आइतबार छनोटमार्फत तीन वैकल्पिकसहित १५ खेलाडी छनोट गरेको छ।

आगामी असोज ६ गतेदेखि चीनको हाङझाउ सहरमा १९औं एसियाली खेलकुद हुँदै छ। जहाँ नेपालबाट २९ खेलमा प्रतिस्पर्धा हुँदा पुरुष रग्बी टोलीले पनि चुनौती प्रस्तुत गर्नेछ।

नेपाल रग्बी संघले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिताबाट अन्तिम टोली छनोट गरेको हो। यसअघि गत जेठ २१ गते सम्पन्न बाग्मती प्रदेश रग्बी सेभेन्स प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको २३ सदस्यीय प्रारम्भिक टोलीबाट एसियाड खेल्ने राष्ट्रिय टोली छानिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। नेपाली टोलीका श्रीलंकाली प्रशिक्षक विजेलाथ सिन मार्क विजेसिंघेले नेपाली टोली छनोट गरेका हुन्।

छनोट भएका खेलाडीहरूमा नवीन महर्जन, विराट श्रेष्ठ, पूजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सबिन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, बिबेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ छन्।

नेपाल रग्बी संघले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिताबाट अन्तिम टोली छनोट गरेको हो।

त्यस्तै वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन्। संघका महासचिव घिमिरेले केही दिनमा नै श्रीलंकाली प्रशिक्षक विजेसिंघेले विशेष प्रशिक्षण सुरु गर्ने जानकारी दिए। पछिल्लो १० वर्षयता प्रशिक्षणमा करियर अगाडि बढाएका विजेसिंघेले श्रीलंका र क्यानडाको राष्ट्रिय टोली समेत समालिसकेका छन्। 

प्रकाशित: ११ असार २०८० ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App