१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले  वेस्ट इन्डिजविरुद्धको खेलमा ५ विकेट गुमाएको छ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले पाँचौ विकेटको रुपमा कुसल मल्ललाई गुमाएको हो । कुसल २ रनमा आउट भएका हुन।  

उनी आउट हुँदा नेपालले २२ ओभर १ बलमा ९२ रन मात्र बनाएको थियो ।  ताजास्थीतीमा नेपालले २३ ओभरमा ५ विकेट गुमाएर १०१ रन मात्र बनाउँन सकेको छ । अहिले आरिफ शेख र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन । यस अघि नेपालले टस जितेर पहिला वलिङ  रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । 

प्रकाशित: ७ असार २०८० १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App