१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा कप्तान रोहितलाई गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले  वेस्ट इन्डिजविरुद्धको खेलमा ४ विकेट गुमाएको छ ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहित ४३ बलमा ३ चौक्का सहित ३० रन बनाएर जेसन होल्डरबाट आउट भएका हुन । उनी आउट हुदा नेपालले १९ ओभर ४ बलमा ८१ रन मात्र बनाएको थियो ।  ताजास्थीतीमा नेपालले २१ ओभरमा ४ विकेट गुमाएर ८४ रन मात्र बनाउँन सकेको छ । अहिले आरिफ शेख र कुसल मल्ल क्रिजमा छन । यस अघि नेपालले टस जितेर पहिला वलिङ  रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।  

नेपालको प्लेईङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: ७ असार २०८० १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App