१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेश्रो विकेटको रुपमा आसिफ शेखलाई गुमायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले  वेस्ट इन्डिजविरुद्धको खेलमा ३ विकेट गुमाएको छ।

वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले तेश्रो विकेटको रुपमा आसिफ शेखलाई गुमाएकाे हो । आसिफ ३६ बलमा ३ चौक्का सहित २८ रन बनाएर आउट भएका हुन । उनी आउट हुदा नेपालले १२ ओभरमा ४८ रन मात्र बनाएको थियो । यस अघि नेपालले कुशल भुर्तेललाई पहिलो  तथा भिम सार्कीलाई दोश्रो विकेटको रुपमा गुमाएको हो ।  

कुशल भुर्तेललाई ५ तथा भिम सार्कीलाई २ रनमा गुमाउन पुगेको हाे । नेपालले पहिलो विकेट १ओभर ४ बलमा तथा दोश्रो विकेट  ४ ओभर २ बलमा गुमाएको हो । नेपालले पहिलो विकेट गुमाउँदा  ५ रन तथा दोश्रो विकेट गुमाउँदा २३ रन बनाएको थियो । ताजास्थीतीमा नेपालले १५ ओभरमा ३ विकेट गुमाएर ५९ रन मात्र बनाउँन सकेको छ । अहिले कप्तान रोहित पौडेल र आरिफ शेख क्रिजमा छन । यस अघि नेपालले टस जितेर पहिला वलिङ  रोजेको हो । नेपालले यस अघि खेलका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।  

नेपालको प्लेईङ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: ७ असार २०८० १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App