१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

उसुका १२ खेलाडी छनोट

चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने उसु खेलाडीको सोमबार अन्तिम छनोट भएको छ।  

थाउलोमा सात र सान्सौमा पाँच गरी कुल १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन्। दुई खेलाडीबाहेक सबै विभागीय टोलीका हुन्। थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए। नान छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगरले एसियाडको यात्रा तय गरे। थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए।

महिला चेन सु÷छियाङ सुमा एपिएफकी कविता थापा छनोट हुन सफल भइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौतर्पm पुरुष ५६ केजीमा एपिएफका रोहित चुनारा, ६० केजीमा एपिएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल पुलिसका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटबाट १९औं एसियाडका लागि नेपाली टोलीमा स्थान बनाए। महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन्।

प्रकाशित: ५ असार २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App