३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो सफलता

फाइल।

जिम्बावे विरुद्धको आइसीसी विश्वकप एक दिवसीय छनोट खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपाली बलर गुल्सन झाले वेस्ली मधेवेरेलाई क्याच आउट गरेको हुन। झाले फालेको बल दिपेन्द्र सिंह एैरीले क्याच गरेका हुन। जिम्बावेका ब्याट्सम्यान मधेवेरेले २ चौकासहित ३८ बलमा ३२ रन बनाएर आउट भएका हुन।

यसअघि जिम्बावेको हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपालका बलर सोमपाल कामीले जिम्बावेका जॉयलॉर्ड गम्बीलाई एलबीडब्लु गरेका हुन्। गम्बीले २९ बलमा २५ रन बनाएका थिए।

जिम्बावेले २५.४ ओभरमा २ विकेट गुमाएर १३८ रन बनाएको छ। नेपालले जिम्बावेलाई जित्नका लागि २९१ रनको लक्ष्य दिएको छ।

प्रकाशित: ३ असार २०८० १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App