१३ पुस २०८२ आइतबार
image/svg+xml
खेल

कुशल मल्ल ४१ रनमा आउट

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा नेपालले ४ विकेट गुमाएको छ।

नेपाली खेडाली कुशल मल्ल जिम्बावेका बलर तेन्डाई चतराको बलमा आउट भएका छन्। उनले ४२ बलमा ३ छक्का २ चौकासहित ४१ रन बनाए।

यसअघि रोहित पौडेल २९ बलमा ३१ रन बनाएर आउट भएका थिए। उनलाई जिम्बाबेका बलर रिचर्ड नागरावाले आउट गरेका छन्। यो भन्दा अघि नेपालका खेलाडी कुशल भूर्तेल ९९ रनमा आउट भए। उनी १ रनले गर्दा शतक बनाउन चुके। उनीसँगै मैदानमा उत्रिएका अर्का खेलाडी अशिफ शेख ६६ रनमा आउट भएका थिए्। यी दुवै खेलाडीलाई जिम्बाबेका बलर वेलिंग्टन मसाकाद्जाले आउट गरेका थिए।

यसैबीच नेपालले ४५ ओभर ४ विकेट गुमाएर २५८ रन जोडेको छ।

यसअघि आउट भएका कुसल भुर्तेलले ९५ बल खेलेर १३ चौका र २ छक्काको सहायताले ९९ रन बनाएका हुन। उनीसैगै मैदान उत्रिएका आशिफ शेखले १०० बलमा ७ चौकासहित ६६ रन बनाएका छन्। यी दुई खेलाडीले बनाएको रनलाई किर्तिमानी आपेनिङ साझेदारी मानिएको छ। रोहित पौडेलले २९ बलमा ५ चौकासहित ३१ रन बनाएका थिए।

प्रकाशित: ३ असार २०८० १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App