१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

जिम्बावेविरुद्ध कुशलले बनाए अर्धसतक

आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा जिम्बावेविरुद्ध नेपालका शुरुवाती व्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन। 

घरेलु टोली जिम्बावेले  टस जितेर नेपाललाई पहिला  ब्याटिङ गर्ने निम्तो दिएपछि नेपालले ब्याटिङमा राम्रो सुरुवात गरेको हाे  । नेपालका शुरुवाती याट्सम्यान कुशल भुर्तेलले ६४ बलमा ८ चौक्का संगै अर्धशतक पुरा गरेका हुन ।  

पहिलो पावर प्लेको समाप्तीमा नेपालले कुनै विकेट नगुमाई ४५ रन बनाएर राम्रो सुरुवात गर्यो। शुरुवाती व्याट्सम्यान  कुशल भुर्तेल र आसिफ शेख अविजित रुपमा क्रिजमै छन । पछिल्लो ताजा विवतरण अनुसार नेपालले २३ ओभरमा कुनै विकेट नगुमाई  १०४ रन बनाएको छ । कुशल ६४ तथा आसिफ शेख ३३ रन बनाएर खेलिरहेका छन ।  

नेपालको प्लेईङ ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने 

प्रकाशित: ३ असार २०८० ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App