९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

ऋत एसइई बास्केटबल हुँदै

ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

ब्वाइजमा ९६ तथा गल्र्समा २४ टोलीले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए। शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउनेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइनेछ। विजेताले सात हजार नगद पुरस्कारसहित १ सय प्रतिशत छात्रवृत्ति पाउनेछन्। उपविजेतालाई पाँच हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। तेस्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। मोस्ट भेलुएबल प्लेयरलाई पनि शत प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। दुईदिने नकआउट प्रतियोगिताका खेल वसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइनेछ।

प्रकाशित: २ असार २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App