१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित गर्‍यो । एलएनएका साहिल पुनले १२ स्कोर गरे । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०–१४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले ७ अंक जोडे ।

क्वाटरफाइनलमा एलएनएको भेट सिर्जना ज्ञान सागरसंग हुनेछ भने एन्जल्स हार्टले जीवन ज्योतिको सामना गर्ने छ । बाँकी क्वाटरफाइनल सिद्धार्थ मोडल र सेक्रेट हार्ट तथा हिमरश्मी र काठमाडौं लिङकनबीच हुनेछ ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा एलएनए, नर्थ भ्याली, न्यु एरा र पद्यमचक्रले क्वाटरफाइनलमा स्थान पक्का गरे ।

प्रकाशित: २८ जेष्ठ २०८० १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App