८ वैशाख २०८१ शनिबार
खेल

भ्याली पब्लिक दुई उपाधि नजिक

भ्याली पब्लिक प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आज दुई उपाधिनजिक पुगेको छ। भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्स दुवैमा फाइनलमा पुग्यो।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का गर्‍यो। भ्याली पब्लिकको जितमा अनमोल गुरुङले २१ अंक योगदान गरे। अर्को सेमिफाइनलमा प्रवीण गुरुङको २० अंक सहयोगमा ग्रिनल्यान्डले बीएमसीएलाई ४९–३० ले हरायो।

गल्र्समा भ्याली पब्लिकले हिमालयन किङडमलाई ३५–२० ले पाखा लगायो। भ्याली पब्लिककी अनिता गुरुङले १२ स्कोर गरिन्। उपाधिका लागि भ्याली पब्लिकले पृथ्वी विरुद्ध खेल्ने छ। पृथ्वीले एचएचसीएलाई २९–२० ले  पन्छायो। पृथ्वीकी दावा लामा गुरुङले १० अंक जोडिन्।

जुनियर ब्वाइजमा गोल्डेनपिक र हिमालयन किङडमले उपाधि भिडन्त पक्का गरे। गोल्डेनपिकले एन्जल्स हार्टमाथि २७–२१ को जित दर्ता ग¥यो। गोल्डेनपिकका अमन गुरुङले १७ अंक बटुले। स्किब्स विरुद्धको अर्को सेमिफाइनलमा हिमालयन किङडम २८–२५ ले विजयी भयो। विजेताका लोप्साङ तामाङले १० अंक जोडे। फाइनल खेल भोलि शनिबार हुनेछ।

प्रकाशित: २६ जेष्ठ २०८० १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App