१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र चीन भिड्दै

एएफसी यु–२० महिला एशियन कप छनोट

एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीवार चीनसँग प्रतिस्पर्धा गर्दैछ। म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो। नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ। 

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो। चीनले भने चाईनिज ताइपेलाई १–० ले हराएको थियो।

प्रकाशित: २५ जेष्ठ २०८० ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App