coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ए डिभिजन लिग सकिनै लाग्दा एन्फाले मुख्य प्रायोजन पायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलको लागि अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रायोजन पाएको छ।

लिगको २५ औं चरणको खेल चलिरहँदा एन्फाले लिगको लागि मुख्य प्रायोजन रुपमा  कतार एयरवेजकोसाथ पाएको छ ।पुरानै प्रायोजक रहेको कतार एयरवेजले यस सिजनका लागि ५० हजार अमेरिकी डलर र २०२४ संस्करणका लागि १ लाख ५० हजार अमेरिकी डलर प्रायोजन गर्ने  एन्फाले जनाएको छ । यस अघि एन्फाले गएको शनिबार बसेको आपतकालीन समितिको बैठकमा कतार एयरवेजले गरेको प्रस्तावलाई पारित गरे पछि लिगको अन्त्यमा भए पनि मुख्य प्रायोजक पाएको हो ।एन्फाले यसका लागि छिट्टै सम्झौता गर्ने बताएको छ ।

प्रकाशित: २४ जेष्ठ २०८० ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App