एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली भोलि किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ।
जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान १/१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेता हुन् । सागमा इन्द्रले रजत तथा पुनमले स्वर्ण जितेका थिए।
प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका सदस्य धर्मरत्न पछाईं रहेका छन्।
नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एडुकेसन कोचिङका निर्देशक दीपकहर्ष वज्राचार्य पनि टोलीसंगै किर्गिस्तान जाँदैछन् ।टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गरे।
प्रकाशित: २३ जेष्ठ २०८० १४:४९ मंगलबार