८ वैशाख २०८१ शनिबार
खेल

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

आज ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ए लाई ४९–३१ ले पराजित  

गर्‍यो। ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे। छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो।

यससंगै सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ। प्रिक्वाटरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङडमसंग हुनेछ भने ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्ने छ। अन्य प्रिक्वाटरफाइनल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए बी इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ।

गल्र्समा हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ ले पाखा लगायो। विजयी टिमका लागि फूलमाया लामाले ७ स्कोर गरिन्।जुनियर ब्वाइजमा हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ तथा एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ ले पन्छाए। हिमालयन किङडमका लोप्साङले ११ तथा एन्जल्स हार्टका आदित पुनले ५ अंक जोडे।

प्रकाशित: २३ जेष्ठ २०८० १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App