१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भद्रकाली र साइपाललाई सफलता

भद्रकाली र साइपाल एकेडेमीले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले हराउँदै सुखद नतिजा निकालेको हो। भद्रकालीको जितमा प्रतीक राईले २० अंक जोडे।  

आयुश खड्काको ९ अंक सहयोगमा साइपालले पनि बिएमसिए ‘ए’ लाई २९–२० ले हरायो। सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसिएलाई ५२–४९ तथा बुढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले पाखा लगाए। सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बुढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे।

सिनियर गल्र्समा एचएचसिएले साइपाललाई ३१–२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छाए। एचएचसिएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६÷६ स्कोर गरे। जुनियर ब्वाइजमा स्किब्सले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २३–२०, हिमालयन किङ्डमले बिएमसिएलाई ३०–२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० ले पराजित गरे। स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङ्डमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अक्स घलेले ६ अंक जोडे।

 

प्रकाशित: २३ जेष्ठ २०८० ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App