१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हृदय र विकेश हिसान दौडमा पहिला

जय मल्टिपलकी हृदय राई र पिनाकल कलेजका विकेश घिमिरे प्रथम हिसान दौडमा पहिलो भएका छन्।

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा सोमबार ब्वाइजमा विकेश र गल्र्समा हृदय चार किलोमिटर दौडमा पहिलो भएका हुन्। ब्वाइजमा पिनाकलका निनम राई दोस्रो तथा पिनाकलकै नकुल घर्ती तेस्रो भए। कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए। विश्व वातावरण दिवसका अवसरमा आयोजित दौडको गल्र्सतर्पm कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोस्रो तथा भेनसकी सुकलामो तामाङ तेस्रो स्थानमा रहे।

त्यस्तै कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुङ्ग्याए। ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार रूपैयाँ नगद पुरस्कार हात पारे। चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरूप जनही एक हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा र हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दौडमा करिब तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए। ‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो। दौडको उद्घाटन पनि खेलकुदमन्त्री लिम्बुले गरेका थिए।

प्रकाशित: २३ जेष्ठ २०८० ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App