१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एलेक्सजेन्डरको दुई राष्ट्रिय कीर्तिमान

एनएसए कप पौडी

नेपाली राष्ट्रिय टोलीका सदस्य एलेक्सजेन्डर शाहले ११औं एनएसए कप पौडी प्रतियोगितामा सोमबार दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरीमा एलेक्सजेन्डरले पुरुष एक सय मिटर र ५० मिटर फ्रिस्टायलमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्। एक सय मिटर दूरी ५३.९६ सेकेन्डमा पार गर्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाए। एलेक्सजेन्डरले सन् २०२१ मा आपैmँले बनाएको ५३.४१ सेकेन्डको समय सुधार गरेका हुन्। यस विधामा लिङ्कनका नासिर हुसेनले रजत र संकर्षणबहादुर रघुवंशीले कांस्य जिते। ५० मिटर फ्रिस्टायलमा पनि एलेक्सजेन्डरले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जिते।

एलेक्सजेन्डरले २३.७९ सेकेन्ड समय निकाले। उनले यसअघि बिहान हिटको २४.१२ सेकेन्ड समय सुधार गरेका हुन्। यस विधामा स्वस्तिश्री गुरुकुलका अजलकाजी ताम्राकारले रजत र संकर्षणबहादुर रघुवंशीले कांस्य पदक जिते। नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन सोमबार चार राष्ट्रिय कीर्तिमान बनेका थिए। पुरुषकै १०० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमालले नयाँ कीर्तिमान बनाए। विकासले १ मिनेट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए।  

पुरुषकै १ सय मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमालले नयाँ कीर्तिमान बनाए । चार सय मिटर फ्रिस्टायलमा नाजिर हुसेनले अर्काे कीर्तिमान बनाए 

उनले यसअघि शुभम श्रेष्ठको नाममा रहेको १ मिनेट १०.५९ सेकेन्ड समयलाई सुधार गरेका हुन्। विकासले आइतबार पहिलो दिन पनि ५० मिटर र दुई सय मिटर ब्रेस्टस्ट्रोकमा दुई राष्ट्रिय कीर्तिमान कायम बनाएका थिए। सोमबार अर्को राष्ट्रिय कीर्तिमान पुरुष चार सय मिटर फ्रिस्टायलमा नाजिर हुसेनको नाममा रह्यो। उनले आफ्नै नाममा रहेको चार मिनेट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै चार मिनेट १२.१७ सेकेन्डको नयाँ समय निकाले।  

त्यस्तै प्रतियोगितामा यु–१० उमेर समूहमा पुरुषतर्फ मायोन श्रेष्ठ र महिलामा सिसोमबुम राई, ११–१२ उमेर समूहमा कल्किन श्रेष्ठ महिला र रोयल प्रजापति पुरुषमा, १३–१४ उमेरसमूहमा अजल काजी ताम्राकार पुरुषमा र मेगन गुरुङ महिलामा उत्कृष्ट खेलाडी घोषित भए। १५–१७ उमेर समूहमा अल्भिन महर्जन पुरुषमा र रोशा न्यौपाने महिलामा उत्कृष्ट खेलाडी चयन भए। खुलातर्पm भने पुरुषमा एलेक्जेन्डर तथा महिलामा गौरिका सिंह र दुवाना लामा संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए।

गौरिका र दुवानाको समान अंक भएपश्चात् दुवैलाई उत्कृष्ट घोषित गरिएको संघले जनाएको छ। प्रतियोगितामा निशर्ग वाटिका स्कुल १२३ अंकका साथ पहिलो भयो। स्वस्तीश्री गुरुकुल ९८ अंकका साथ दोस्रो भयो। तेस्रो स्थानको लिङ्कनले ५४ अंक प्राप्त गरेको थियो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरेका थिए। उमेरसमूहमा उत्कृष्ट खेलाडीले तीन हजार र खुलामा उत्कृष्ट खेलाडीले नगद १० हजार रूपैयाँ पाए। राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीले भने पाँच हजार रूपैयाँ नगद पुरस्कार पाए। 

प्रकाशित: २३ जेष्ठ २०८० ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App