७ वैशाख २०८१ शुक्रबार
खेल

महिला क्रिकेटमा नेपाललाई शृंखला

नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ।

मलेसियाको बांगी सहरमा पाँचौं तथा निर्णायक खेलमा नेपालले तीन विकेटको जित निकाल्दै घरेलु टोलीविरुद्धको शृंखला आफ्नो पक्षमा पारेको हो। युएसडी युकेएम ओभलमा १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले सात विकेटको क्षतिमा चार बलअगावै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन्।

पहिलो ओभरमा नै ओपनर कविता कुँवरलाई गुमाएपछि नेपालको सुरुआत राम्रो हुन सकेन। तर, अर्की ओपनर सीताले आक्रामक ब्याटिङ गर्दै नेपालमाथि दबाब कम गरिन्।

एक छेउटबाट समालिन नपाउँदै विकेट गुमे पनि सीताले इनिङ समालिन्। एक समय नेपाल ५.४ ओभरमा ३४/३ को अवस्थामा थियो। तर, चौथो विकेटका लागि सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए। ११औं ओभरमा सीता आउट भइन्।

पहिलो ओभरमा नै ओपनर कविता कुँवरलाई गुमाएपछि नेपालको सुरुआत राम्रो हुन सकेन। तर, अर्की ओपनर सीताले आक्रामक ब्याटिङ गर्दै नेपालमाथि दबाब कम गरिन्।

उनले ३६ बलमा ६ चौका प्रहार गरिन्। सीता प्लेयर अफ दी म्याच पनि चयन भइन्। त्यसपछि ब्याटिङ गर्न आएकी विन्दु रावल पनि ५ रनमा नै पवेलियन फर्किइन्। १६औं ओभरमा कप्तान रुबिना २३ रनमा आउट भएपछि नेपाल दबाबमा पर्‍यो। यति बेला नेपाल ८१/६ को अवस्थामा थियो।

लगत्तै अर्को ओभरमा नेपालले सातौं विकेट गुमाउन पुग्यो। तर, आठौं विकेटका लागि ज्योति पाण्डे र अप्सरी वेगमले १९ रनको साझेदारी गर्दै जित दिलाए। ज्योति ११ रन र अप्सरी १५ रनमा अविजित रहे।

मलेसियाको बलिङमा आइना हमिजाले दुई तथा माहिरा इजाती, विनिफ्रेड दुरैसिंघम, आइसा इलिसा र नुर डानियाले समान एक विकेट लिए पनि नेपालको जित रोक्न सकेनन्। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ६ विकेटको क्षतिमा निर्धारित २० ओभर खेल्दै नेपालका लागि १ सय १० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो।

लगत्तै अर्को ओभरमा नेपालले सातौं विकेट गुमाउन पुग्यो। तर, आठौं विकेटका लागि ज्योति पाण्डे र अप्सरी वेगमले १९ रनको साझेदारी गर्दै जित दिलाए।

मलेसियाले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेको थियो। ओपनरद्वय विनिफ्रेडले २४ रन र वान जुलियाले ४७ रनको योगदान दिए। माहिरा इजातीले २० रन बनाइन्। इनिङको अन्त्यसम्म ब्याटिङ गरेकी वानले ६० बलमा तीन चौका हिर्काइन्।

नेपालको बलिङमा कविता जोशीले दुई तथा ईश्वरी विष्टले एक विकेट लिए। नेपालकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी म्याच घोषित भइन्। रुबिनाले शृंखलामा कुल ६० रन बटुल्दा पाँच विकेटसमेत लिएकी थिइन्। उनी यसअघि नेपालले दोस्रो र तेस्रो खेल जित्दा प्लेयर अफ दी म्याच चयन भएकी थिइन्।  

प्रकाशित: २२ जेष्ठ २०८० ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App