coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जेठ २७ मा लेखनाथ हाफ म्याराथन

फाइल तस्बिर

जेठको अन्तिम साता लेखनाथमा लेखनाथ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।  

हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुनेछ। पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौडसमेत समावेश गरिएको सदस्यसचिवले सुनाए। ‘हाफ म्याराथनका लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्राचार गरिसकिएको छ,’ उनले भने। हाफ म्याराथन विजेताले नगद ३० हजार रूपैयाँ प्राप्त गर्दा उपविजेताले नगद २० हजार र तेस्रो स्थानमा रहने धावकले नगद १० हजार रूपैयाँ प्राप्त गर्नेछन्। हाफ म्याराथन पोखरा च्याम्पियनले पनि नगद पुरस्कार प्राप्त गर्ने सदस्यसचिव खड्काले जानकारी दिए। उनका अनुसार पोखरा च्याम्पियनले नगद १० हजार रूपैयाँ प्राप्त गर्नेछन्।  

महिला तथा पुरुष खुला दश किलोमिटर दौडका धावकलाई नगद ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो स्थानमा रहने धावकलाई नगद १० हजार रूपैयाँ प्रदान गरिनेछ। पाँच किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौडका विजेताले १५, १० र ५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। पोखरा महानगर खेलकुद विकास समितिले पहिलो पटक आयोजित लेखनाथ हाफ म्याराथनको आवश्यक तयारी गरिएको छ।

दौड लेखनाथ रंगशालाबाट सुरु भएर खल्याँड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्याम हँुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट भएर कालीगण्डकी चोक पुग्नेछ। त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मी मावि हँुदै लेखनाथ चोक, डाँडानाकबाट तालचोक, शिशुवा, नौबीसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिनेछ। 

प्रकाशित: २० जेष्ठ २०८० ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App