coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रेस्लिङ महाभिडन्त शनिबार

चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त शनिबार काठमाडौंको लैनचौरस्थित टेबल टेनिस हलमा हुने भएको छ।

प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो। उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन्। प्रतियोगिताअन्तर्गत लाइट वेट, ट्रिपल थ्रेट म्याच, हार्डकोर भिडन्त, महिलातर्पmको भिडन्त र हेभिवेट गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछन्।  

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सिजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रनेछन्। सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको हेभिवेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार र हार्डकोर म्याच विजेताले एक लाख रूपैयाँ पाउनेछन्।  

त्यस्तै फिमेल म्याच विजेताले ८० हजार र लाइटवेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। एकदिने प्रतियोगिता हेर्न प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख खर्च हुने आयोजकको भनाइ छ। 

प्रकाशित: २० जेष्ठ २०८० ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App