१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’

जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुल्ला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।  

हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुने छ। पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौड समेत समावेश गरिएको सदस्य सचिवले सुनाए। ‘हाफ म्याराथनको लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्रचार गरिसकिएको छ,’ उनको भनाई थियो। लेखनाथलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समितिले पहिलो पटक म्याराथन आयोजनाको तयारीमा जुटेको हो। म्याराथनको लागि स्थानीय वडाहरुसँग समेत छलफल गरी म्याराथन आयोजना गर्ने निर्णय गरिएको हो।  

हाफ म्याराथन विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले नगद २० हजार र तेस्रो स्थानमा रहने धावकले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। हाफ म्याराथन पोखरा च्याम्पियनले पनि नगद पुरस्कार प्राप्त गर्ने सदस्य सचिव खड्काले जानकारी दिए। उनका अनुसार पोखरा च्याम्पियनले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

महिला तथा पुरुष खुल्ला दशकिलोमिटर दौडका धावकले नगद ३० हजार, उपविजेताले २० हजार र तेस्रोस्थानमा रहने धावकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ। पाँच किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौडका विजेताले १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। पोखरा महानगर खेलकुद विकास समितिले पहिलो पटक आयोजित लेखनाथ हाफ म्याराथनको आवश्यक तयारी गरिएको छ।

दौड लेखनाथ रंगशालाबाट शुरु खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ। त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिने छ।  

प्रकाशित: १९ जेष्ठ २०८० ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App