१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बीएमसीएको विजयी सुरुआत

आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आज विजयी सुरुआत गरेको छ। सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ। जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो।

बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४–१७ ले पराजित ग¥यो। विजयी टिमका लागि सुजन तामाङले १४ अंक जोडे।

सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४–१४, सेन्ट जोसेफले मनास्लुलाई ३८–२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४–२५ ले हराए। हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले ८ र स्कोलर्स होमका न्हुजा महर्जनले ९ अंक जोडे।

बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा सेन्ट जोसेफले मनास्लुलाई १७–११, बीएमसीएले भद्रकालीलाई १९–१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४–१० ले पाखा लगाए। सेन्ट जोसेफकी प्रीतिमा गुरुङले ६, बीएमसीएकी लक्ष्मी तामाङले ९ र टेरेसाकी अन्जली श्रेष्ठले ५ स्कोर गरे।

जुनियर ब्वाइजमा बीएमसीएले भद्रकालीलाई १७–१३ ले पन्छायो। बीएमसीएका सन्देश तामाङले ७ अंक  बटुले।सेन्ट जोसेफले बीएमसीएलाई १८–११ ले पराजित गर्‍यो। सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे।सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टिम सहभागी छन्।

प्रकाशित: १७ जेष्ठ २०८० १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App